suekhet
bheriad

बलात्कार मुद्दामा मिलापत्र गराउने समुहनै पक्राउ,

lekabesi

साउन,२४ विराटनगर – बलात्कार घटनाको मिलापत्र गराउने थप सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेलीमा एक १६ वर्षीय सुस्त मनस्थितिकी बालिकामाथि सामूहिक बलात्कारको घटनामा मिलापत्र गराउने उनीहरुलाई पक्राउ गरिएको हो ।

सामूहिक बलात्कारको घटना १० जना गाउँका अगुवा मिलेर मिलापत्र गराएका थिए । २० असारमा रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीको सामूहिक बलात्कार भएको थियो ।

घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर प्रहरीमा नजाने सर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । बलात्कारको आरोप लागेका तीनै जनाले साउन ६ गते भित्रमा पीडित किशोरीलाई ५०–५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ ।

तर त्यो भन्दा पहिलेनै घटना बाहिरीएपछि प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ । एकजना बलात्कार अभियुक्त सुनिल चौधरी अझै फरार छन् ।

अहिले भने मिलापत्र गराउने ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी पक्राउ परेका हुन् । ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार छन् ।