suekhet
bheriad

शिल्पाले दिएको रिट अदालतले लिन मानेन पक्राउ गरेरै छाडने ,,

lekabesi

साउन २४ , काठमान्डौ – निर्माता छवि ओझा र नायिका शिल्पा पोख्रेल अझै पक्राउ परेका छैनन् ।

शिल्पा पोखरेलविरुद्ध छविकि जेठी श्रीमती हेमा ओझाले गत साउन ८ मा बहुविवाहको कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरेकी थिइन् ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी शिल्पाले जिल्लाको आदेशविरुद्ध साउन १६ गते उच्च अदालतमा निषेधाज्ञा जारी गर्न माग गर्दै रिट दिएकी थिइन् ।

तर उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलासले शुक्रबार जिल्ला अदालतको आदेशलाई सदर गर्दै शिल्पाको पक्षमा आदेश दिन अस्वीकार गरेका हुन् ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंले नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । छवि र शिल्पाको घरेलु झगडाका कारण टेकुमा छलफल भयको थियो ।

छलफल पछि शिल्पाले छवि संग डिभोर्सको माग राखेपछि छविकि जेठी पत्नीले वहुविवाहाको मुद्दा दाएर गरेकी थिईन ।