suekhet
bheriad

अत्यधिक तिब्र गतिका कारण बस त्रिशुलीमा पुग्यो २१ जना बेपत्ता ८ को मृतु ,,

lekabesi

साउन २५ , धाडिङ्ग – हिजो बेनीघाटरोराङ ,३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २१ जना अझै बेपत्ता छन् ।

मृतक ८ जना मध्ये ५ को मात्रै सनाखत भएको छ । शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको सृष्टि डिलक्स ना ६ ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेती,मलंगवा १ निवासी ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीय नीमाको हाल सम्म पहिचान आफन्तले गरेका हुन् ।

मृतुबाट बच्न सफल यात्रु का अनुसार अत्यधित तिब्र गतिमा गुडेको बस दुर्घटना भयको थियो ।केहि यात्रु पौडी खेलेर बाँचेका थिय भने कोहि यात्री भिरमा अड्किएर बाँचेका थिय ।

दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालहरुमा उपचार भइरहेको छ। बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए। हराईरहेका यात्रुको त्रिशुलीमा डुङ्गा प्रयोग गरेर प्रहरीले खोजीकार्य गरिरहेको छ।