नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ ,,
साउन २५ , मोरङ – पछिल्लो समय नेपालि सेना देखि प्रहरी समुहमा चोरी ,डकैतिका घटना बढ्न थालेका छन् ।नेपालि सेनाका एक मेजरलाई नेपाल प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ।
धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी,२ बाट पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताए।
इटहरीका डीएसपी समिरचन्द्र खरेलका अनुसार उनी सैनिक अधिकृ भएको वा नभयको भन्ने छानविन भईरहेको उनले बताए ।तर प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सिंह नेपाली सेनाको सेनानी भएको जानकारी पाएको बताए।
सामान्यतया सैनिक अधिकृतले गरेको कसूरको अनुसन्धानका लागि नेपाली सेनाको सैनिक प्रहरी गणलाई बुझाउने गरिन्छ । तर, गम्भिर प्रकृतिका मुद्दामा प्रहरी आफैंले मुद्दा चलाउन सक्ने व्यवस्था छ ।
लागूऔषध सम्बन्धी कसूर भएकाले सेनानी सिंहविरुद्ध पनि प्रहरी आफैंले म्याद थप गर्नेछ । सैनिक ऐन, २०६३ को दफा ७८ मा उल्लेखित ‘प्रोभोष्ट मार्सल’को व्यवस्थाले सैनिक प्रहरीलाई अधिकृतमाथि अनुसन्धान गर्ने अधिकार दिएको छ ।
हिजोमात्र दार्चुलाको दुहुँ गाउँपालिका,३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले दीपकसिंह बडाललाई पक्राउ गरेको छ । दिपक सशस्त्र प्रहरी जवान हुन् ।