Gold

पूर्वी चीनमा आँधीबाट मृत्यु हुनेको संख्या ३० पुग्यो १८ वेपत्ता,,

Naumule Migrate

साउन २६ ,चिन- चीनमा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

आँधीले करिब २५ हजार घरहरू र १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुर्‍याएका प्रारम्भिक अनुमान छ । लेकिमा’ नामक कडा आँधी चीनको च च्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो ।

अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिरजाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक शहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।

यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन् । सुरूमा ‘लेकिमा’१८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ ।

शनिबार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो । लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो । तर भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ ।

Naumule Badhipahiro