suekhet
bheriad

टिचिङ अस्पतालमा आगलागी ,,

lekabesi

साउन २७ ,काठमाडौं- काठमान्डौको महाराजगञ्जमा रहेको त्रिभुवन शिक्षण अस्पताल आगलागी भएको छ ।

शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा आज साँझ विद्युत् चुहावट भएर आगालागी भएको हो ।

भवनको पाँचौ तलमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँलेजानकारी दिएको छ ।

उनका अनुसार आगलागी नियन्त्रणमा आईसकेपनि क्षति विवरण भने आउन बाँकी छ । आगलागीबाट कोठाभित्र रहेका कागजात जलेर नष्ट भएका छन्।