पाकिस्तानी प्रधानमन्त्री नेपाल एक्कासी आयर किन भेट्दै छन् प्रधानमन्त्री केपी ओली र राष्ट्र पति बिध्यादेबी भण्डारी लाई ,,

रंग दर्पण – २१ फागुन, काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा आज नेपाल आउँदैछन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नेछन् ।

विमानस्थलबाट उनी सीधै आफू बस्ने होटल याक एण्ड यतीमा जानेछन् । त्यसपछि सैनिकमञ्च टुँडिखेल पुगेपछि जहाँ उनको सम्मानमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दियका छन् ।

उनको बसाई करिब १० घण्टा नेपालमा रहनेछ र प्रधानमन्त्री केपी शर्मा ओली संग रात्रि भोजमा सामबेस भई प्रधानमन्त्री ओली लाई बधाई ज्ञापन दिने र भोलि मंगलबार रास्ट्र पति बिद्या देबी भण्डारी लाई भेटेर फिर्ता रहने जानकारी छ । उनि यक्कासी नेपाल आउनुमा विभिन्न तर्क हरु छन् तर उनको भ्रमण लाई धेरैले कुटनीतिक चाल भनेर नि हेरियको छ, उनको भेटघाट भने अन्य दलका नेता संग तय नभयको जानकारी छ ।

 

lekbesi