suekhet
bheriad

सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएन ,

lekabesi

साउन २८ , काठमान्डौ – नेपालि क्रिकेटर खेलाडी सन्दिप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्विकार गरेको छ ।

सन्दीपले सामाजिक सञ्चाल ट्वीटरमार्फत् नेपालस्थित अमेरिकन दूतावासले आफुलाई भिषा नदिएको उल्लेख गरेका हुन् ।

सन्दीपले सन् १०१९ को क्यारेवियन प्रिमियर लिग खेल्न जानका लागि दुतावासमा भिषा आवेदन दिएका थिए । क्यारेवियन लिग सेप्टेम्बर ४ देखि सुरु हुँदैछ ।

सन्दीपले आफुले सन् २०१६ देखि नेपालको प्रतिनिधित्व गरेर विश्वभर क्रिकेट खेलिरहेको भन्दै अमेरिकाले भिषा नदिएको प्रति आश्चर्य लागेको पनि बताएका छन् ।

उनले भिषा आवेदन दिँदा आवश्यक सम्पूर्ण कागजात पेश गरेको भन्दै नेपालका प्रधानमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै ट्वीट पनि गरेका छन् ।

साथै भिषा अस्विकार गरेको अमेरिकी दुतावासले सन्दिपलाई अहिले पुन बोलाएको छ सन्दिप अहिले अमेरिकी दुतावासमा छन्।