कुलमानको कमाल प्राधिकरणले एक वर्षमै कमायो ७ अर्ब २० करोड ,,
साउन २८ , काठमान्डौ – नेपालमा २४ घण्टामा १८ घण्टा सम्म अँधेरोमा बस्न बाध्य पारेका विधुत चोरी गर्ने दलालीहरुको आगाडी कुलमानले कमालनै गरेर देखाईदिएका छन् ।
उनले लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरण लाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको जानकारी गरेका छन् ।
यो संगै नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि गरेको छ । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको छ ।
२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।
त्यसपछिका आर्थिक वर्ष २०७४/७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ ।योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।
आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।
कुलमान घिसिङ्गको नेतृत्व पछि विधुत चोरी चुहावट पनि बन्द भयको छ ।अहिले राजधानी देखि विभिन्न जिल्लामा जनताले विधुत आन्दाले प्रयोग गर्न पाएका छन् यो संगै कसैले अँधेरोको महसुस गर्न पाएका छैनन्।