suekhet
bheriad

ट्रकको ठक्करबाट भाँचियो अरुणखोलाको पुल ,,

lekabesi

साउन २३ , काठमान्डौ – पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भाँचिदा छ । पुल भाँचिएपछि सवारी साधन आवागमन अवरुद्ध भएको छ ।

बुधबार बिहान ४ बजे कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना ६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएका कारण पुलको दाहिने तर्फको भाग केहि तल भासिएको जिल्ला ट्राफिकका सई राजेन्द्र कार्कीकाले जानाकरी दिए ।

पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ ।पुल भाँचीएपछि लामो दुरीका ट्रक तथा बसहरु चोरमारा र अरुणखोलामा जाममा परेका छन् ।

लामो दुरीका बसमा यात्रा गरिरहेका यात्रुलाई पैदल हिड्न लगाएर रित्तो गाडी वारपार गराउने व्यवस्था मिलाउन लागिएको कार्कीले बताए ।हाल साना गाडी र मोटरसाईकल हरि संचालमा भईरहेका छन् ।