Simta
Gurvakot
Gurvakot

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको कार्यक्रममा दुई वटा बम बिस्फोट ,,

साउन २९ , सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट भएको छ । मानवीय क्षति भने भयको छैन।

शाहीले कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो ।

कार्यक्रम स्थल भन्दा केही पर विस्फोटको आवाज सुनिएको मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन् ।

lekbesi
Simta

मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए ।

उनको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समुहले वम विष्फोट गराएको स्वकीय सचिव सिंहले बताए ।

त्रास श्रृजना गर्ने उद्धेश्यले बम विष्फोट भएपनि मुख्यमन्त्री सरिक हुने पूर्वनिर्धारित सबै कार्यक्रमहरु सहज रुपमा संचालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । महेन्द्र बहादुरशाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो ।