रवि लामिछानेलाई अदालत पेश २५ दिन सम्म अनुसन्धानको लागि राख्न सकिने ,,,,

साउन ३१ , काठमान्डौ – पत्रकार शालिकराम पुडाशैनिको आत्महत्या प्रकरणमा मुछिएका अर्का पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरि अदालत लगेको छ ।

रवि लामिछाने सहित अन्य २ जनालाई पनि प्रहरी हिजो राति पक्रा गरि चितवन लगेको छ ।जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर लामिछाने समर्थकले आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका बीच भएपनि प्रहरीले रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।

अहिले म यो भिडमा नै छु, रविलाई अहिले अदालतले लागिएको छ । ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।

कानूनत, आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले रंग दर्पणलाई बताए ।लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।