रवि लामिछाने ५ दिनको लागि हिरासतमा ,,

साउन ३१ , काठमान्डौ – रवि लामिछानेलाई ५ दिनको लागि हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

lekbesi

बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।

पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए । आत्महत्याको बेला पुडासैनीको मोबाईलमा भिडियो फेला परेको छ ।

जुन भिडियोमा आफुले आत्महत्या गर्नुको कारण रवि लामिछाने भयको खुलाएका छन् ।त्यो संगै भिडियोमा युवराज कँडेल र अस्मिता कार्कीको पनि नाम हुनाले प्रहरीले तिनै जनालाई पक्राउ गरि हिरासतमा राखेको हो ।