पुतलीसडकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाईते सहित नियन्त्रणमा ,,

Naumule

साउन ३२ , काठमान्डौ – काठमान्डौको पुतलीसडकमा प्रहरी र प्रदर्शकारी बीच झडप हुँदा केहि प्रदर्शनकारी घाईते भयका छन् ।

आरक्षण बचाऔँ आन्दोलन’ कर्मी र प्रहरीबीच झडप भएको हो ।भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुग्दै गर्दा प्रहरीसँग झडप भएको हो ।

प्रहरीले दर्जनौ प्रदर्शनकारिलई नियन्त्रणमा लिएको छ। झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्।

Gurvakot

प्रदर्शनकारीले ४ बजे लाठि जुलुस निकालेका थिए तर बाक्लो संख्यामा परिचालन गरिएका प्रहरीले उनीहरुको लाठि खुसेपछी दुवै तर्फ झडप भयको थियो ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन्।

उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन्। झडपमा फोटो खिच्ने क्रममा कान्तिपुर दैनिकका फोटो पत्रकार अंगढ ढकाल घाइते भएका छन्।

Bangad kupinde