suekhet
bheriad

रविलाई सोधपुछ गर्न नमिल्ने भन्दै आन्दोलन हुनुमा पुडाशैनिको मृत्य संकास्पद छ चितवन नागरिक समाज ,विज्ञप्ति सहित ,

lekabesi

साउन ३२ , चितवन –  पत्रकार स्व शालिकराम पुडाशैनिको हत्याबारेमा नागरिक समाज चितवनले गम्भीर भएको भन्दै विज्ञप्ति जारि गरेको छ।

गत २० गते एक होटेलमा झुण्डीएको अवस्थामा उनको संकास्पद मृतु भयपछि अहिले सामाजिक संजाल तातीएको छ ।

पुडाशैनिको मोबाईलमा एक भिडियो फेला परेपछि उनको मृतु झनै संकास्पद देखिन्छ ।,भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछाने सहित २ जनाको नाम लागिएको छ ।

पुडाशैनिले भिडियोमा आफुले आत्महत्या गर्नको कारण रवि लामिछाने युवराज कंडेल र अस्मिता कार्की रहेकोपनि बोलेका छन् ।

भिडियो सार्वजानिक भएलगतै प्रहरीले रवी लामिछानेलाई पक्राउ गरि हिरासतमा राखेको छ । रवि निर्दोष भन्दै उनका समर्थकले चितवन प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

जँहा हिजोदेखि झडप समेत भयको छ ।यो खबर संगै चितवन नागरिक समाजले नाम जोडीएका ब्याक्ति संग निस्पक्षसंग स्वतन्त्र ,स्फुर्त छानबिन हुनपर्ने माग राखेको छ ।

यौटा स्वतन्त्र नागरिकको हत्या हुँदा पनि छानबिन समेत गर्न नदिएको हुनाले विषय गम्भीर भयको भन्दै कुनै पनि दवाब सिर्जना नगरी निस्पक्ष अनुसन्धान होस भन्दै आम समुदायमा हार्दिक अपिल गरिएको छ ।जारि विज्ञप्तिमा उल्लेख छ।