प्रधानमन्त्रीको आज संसदमा सम्बोधन ,,

भदौ १ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा सम्बोधन गर्दैछन् ।

संसदको ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले आज समसामयिक विषयमा सम्बोधन गर्ने र सांसदहरुले उठाएका केही जिज्ञासाको पनि जवाफ दिने छन् । प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधन गर्ने तय भएपनि प्रतिपक्षको अवरोधका कारण स्थगित भएको थियो ।

lekbesi

प्रधानमन्त्री ओली गत सोमबार सिंगापुरमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । उनले आफ्नो स्वास्थ्य बारेमापनि संसदलाई जानकारी दिने छन्।

स्वास्थ्यउपचार गरेर आएपनि प्रधानमन्त्री फेरी अस्वथा भन्ने जानकारी आएको थियो। तर प्रधानमन्त्री आफु भने अस्वथ्य नरहेको जानकारी गरेका थिए।

सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण यादव प्रकरणको सत्यतथ्य छानबिन ,वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन साथै अन्य समसामयिक विषयका जवाफ आज प्रधानमन्त्रिले संसदलाई दिने छन्।