रणहारलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बा श्री ,,

Naumule

भदौ १ ,काठमाडौँ – कवि बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई जगदम्बा श्री पुरस्कारका लागि छनोट गरिएको छ ।

मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक काइँलालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

Gurvakot

काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । गुठीमा प्राप्त २०७५ मा प्रकाशित दुई सय ५७ पुस्तकमध्ये ‘रणहार’ उत्कृष्ट दरिएको हो।

यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ परेका थिए।

पुरस्कार असोज ३ गते वितरण गरिनेछ । जसको पुरस्कारराशि ४ / ४ लाख रहेको छ यो भन्दा अघि २ लाख पुरस्कारराशि रहेको गुठिले यो वर्षदेखि मूल्य बढाएको हो।

Bangad kupinde