Simta
Gurvakot
Gurvakot

समयमा नगरसभा नहुँदा सल्यानको बनगाड कुपिण्डे नगरपालीकामा ९ करोड २१ लाख वजेट फ्रिज ,,

भदौ १ , सल्यान – साविकको सल्यान बनगाड कुपिण्डे नगरपालीकामा ९ करोड २१ लाख वजेट फ्रिज भयको छ ।

समयमा नगरसभा नहुँदा उक्त बजेट फ्रिज भएको हो ।करिब ६ महिना पछि मात्र नगरसभा भयको बनगाड कुपिण्डेमा विभिन्न क्षेत्र र श्रोतको लागि विनियोजन गरिएको बजेट फ्रिज भएको हो ।

सबै भन्दा बढी बजेट भने विद्युत र शिक्षामा काम नभई तुहूईएको हो ।नगर प्रमुख गोबिन्द बहादुर पुन र उपप्रमुख मन्जु एरिले आ आफ्नो अडान राख्दै गर्दा सहमति नजुटेपछि करिब ६ महिना पछि मात्र नगरसभा भई बजेट विनियोजन गरिएको थियो ।

lekbesi
Simta

नगरपालीकाले आर्थीक वर्ष २०७६ / ७६ मा ६ न वडा कार्यालय बाहेक बाँकी ११ वटा वडामा प्रभावकारी योजना सम्पन्न भयका छन् ।यो आर्थिक वर्षमा जनताको विकासका लागि छुट्याईएका बजेटको काम समयमा नहुँदा जन गुनासो रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा छुट्याईएको बजेटले विभिन्न वडामा चौतारा , विद्यालयका फर्निचर ,फिल्ड निर्माण सिचाई जस्ता स्थान पाएपनि लागु भयपनी वडा न ६ .मा यो विकास लागु हुनसकेन ।

आर्थिक वर्षमा कुपिण्डे नगरपालीकाको विभिन्न क्षेत्रमा गरि ३२ वटा विद्यालयको निर्माण कार्य,२८ वटा खानेपानी निर्माण,१७ वटा सिचाई कुउला निर्माण ,५८ वटा सडक निर्माण बाबियाचौरमा विद्युतीकरण विस्तार , मन्दिर चौतारा ,प्रहरीबिट ,३ वटा भवन निर्माण ,खोप क्लिनिक घर आदि निर्माण भयको छ। बनगाड कुपिण्डे नगरपालिकामा विधुत ,स्वास्थ्य ,खानेपानी ,सिक्षा जस्ता क्षेत्रमा पछि परेको मानिन्छ ।