suekhet
bheriad

,सई,माथि हातपात गर्ने पुर्वयुवराज पारस शाहमाथि कारबाही अगाडी बढाईने ,,

lekabesi

भदौ २ , काठमान्डौ – पुर्वयुवराज पारस शाह माथि छानबिन हुने भएको छ ।शाहले त्रिभुवन विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन थालेको छ ।

विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई पारसले शाहले आइतबार साँझ सार्वजनिकस्थलमै हातपात गरेका थिए ।

आफ्ना छोरा र भान्जामाथि प्रहरीले अपमान गरेको भन्दै पारसले खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएको थियो ।अहिले यो समाचारले सामाजिक संजाल तातीएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।

विमानस्थालमा के भएको हो, विमानस्थल प्रहरीलाई घटनाबारे विवरण दिनुस भनेको छु ।रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ क्षत्रीले भने ।

पारसले प्रहरीमाथि हातपात गर्दापनि जनताले हाम्रो राजा हाम्रो देश , राजतन्त्र जिन्दावाद जस्ता नारा लगाई रहेको थिय।