हेलो नेपालको अनुमतिपत्र खारेज ,,

भदौ २,काठमान्डौ – नेपाल स्याटेलाइट टेलिकम कम्पनीको अनुमतिपत्र खारेज भएको छ । व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको दूरसञ्चार सेवा प्रदायक हेलोनेपालको अनुमतिपत्र सरकारले खारेज गरेको हो ।

बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज भएको हो । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी थियो ।

कम्पनीले अबको ३५ दिनभित्र सरकारसमू निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पुर्‍याउने सर्तमा २०६४ फागुन ५ मा अनुमति पत्र पाएको थियो ।

lekbesi

प्राधिकरणले गत चैतमा बक्यौता बाँकी रहेको दुरसञ्चार सेवा प्रदायकलाई असार मसान्तसम्म बक्यौता तिर्न निर्देशन दिएको थियो ।

प्राधिरकणले इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स समेत पनि खारेज भएको जानकारी दिएको छ । यो कम्पनी अहिलेसम्म तोकिएको शर्त पुरा गरेर शहरी क्षत्रेसम्म आईपुगेको छैन ।