रविलाई उनकै समितिले साथ दिएन समितिबाट अध्यको राजिनामा ,,
भदौ २ , चितवन – पत्रकार रवि लामिछाने बचाऊ संघर्स समितिका अध्यक्ष सरोज घिमिरेले राजिनामा दिएका छन्। साथै सरोजले यो आन्दोलन र समितिबाट दोश्रो पक्षले फाईदा उठाउन खोजेको भन्दै राजिनामा दिएका हुन्।
रवी समर्थक भन्दै चितवनमा केहि समुहले आन्दोलन र प्रहरी चौकीमा तोडफोड समेत गरेको थियो। स्वतन्त्र रुपले छानबिन गर्न नदिने जताभावी प्रदर्शनगर्ने र अनुसन्धानलाई नै प्रभावित पार्नेगरि जनमत सिर्जना गरेको भन्दै उनले विज्ञप्ति सहित राजिनामा दिएक हुन् ।
हिरासतमा रहेका रवि लामिछानेको निस्पक्ष छानबिन होस् भनि रवि लामिछाने बचाउ अभियान सुरु गरिएको थियो ।

तर स्वतन्त्र रुपले र निस्पक्ष छानबिन गर्न नदिई शान्तिपूर्ण कार्यक्रममा हाम्रै समितिले कार्यक्रममा असान्दर्भिक हो हल्ला , र कार्यक्रम भडकाउने उच्च श्रिङ्ग्खला जस्ता क्रियाकलाप गरेको हुनाले उक्त समितिमा रहनु र छानबिन गर्न कुनै औचित्य नभयको हुँदा आज भदौ २ गतेदेखि अध्यक्षको भूमिकामा नरहेको सर्वसाधारणमा जानकारी गराईएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।