रमितको चलचित्र राजासाहेबमा नायिका छान्न गलत कि सहि ,,

नायक रमित ढुंगानाको मुख्य भूमिकामा रहेको चलचित्र राजासाहेब यो सातबाट छायांकनको तयारी छ। रमित लामो समयपछि चलचित्र क्षेत्रमा फर्किदैछन्।

‘राजा साहेब’मा रमित र किशोरसँगै धिरेन शाक्य, जयकिसन बस्नेत, उमेश खड्का, किशोर खड्का ,टार्जनको पनि मुख्य भूमिका रहने छ ।

चलचित्रमा भने सोनिका केसी र आइशा राईले चलचित्रमा डेब्यु गर्दैछन् । यो चलचित्रले नायक रमित ढुंगानालाई कति उचाईमा पुर्याउछ भन्नेत हेर्न बाँकीनै छ।चलचित्रमा रमितले ‘साइको’ व्यक्तीको भूमिका निर्वाह गर्नेछन् ।

lekbesi

चलचित्रमा शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा छन् भने । चलचित्रमा चन्द्र लामा, रश्मी शाक्य र शान्ता ढकालको लगानी रहने छ ।

‘किराती फिल्मस्’को व्यानरमा बन्नलागेको चलचित्रले चर्चामा रहेका आयक राखेपनि नायिका छान्न भने भुल गरेजस्तो देखिन्छ।

चलचित्र राजा साहेबको लागि भनेर रमितले लामो समयदेखि दारी पालेर राखेका छन् ।भूमिकाका कारण आफुले दारी पालना पारेको रमितले रंग दर्पणलाई बताएका हुन्।