सुर्खेत सिम्ताका ५ जना विरुद्द भ्रस्टाचारको मुद्दा ,,

Naumule

भदौ ३ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतको सिम्ता गाँउपालिका सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

इन्जिनियर नविन शर्मा, देउली– सिर्पा’काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्द सिंह ठकुरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हाे।

उनीहरुले सडक निर्माण कार्यमा बदनियतपुर्वक ट्रयाक ओपनिङ्मा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको थियो ।

Gurvakot

गलत प्रतिवेदन पेश ४ लाख ५६ हजार बढी भुक्तानी दिई भ्रष्टाचार गरेका अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनीहरुलाई विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित मुद्दा दायर गरिएको छ।

सडक निर्माणको लागत इष्टिमेट र सम्झौता बमोजिम ११६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्ने थियो तर उक्त ट्रयाक नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाएका थिए।

Bangad kupinde