Simta
Gurvakot
Gurvakot

उपनिर्वाचनका लागि ३९ करोड माग ,,

भदौ ४ ,काठमान्डौ – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३८ करोड ९० लाख रुपैयाँ सरकारसँग माग गरेको छ ।

तिनतह प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदमा एकसाथ उपनिर्वाचन हुन लागेको हो । विभिन्न कारणले प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य,३, नगरपालिका प्रमुख, १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पद रिक्त छन् ।

मतदाता नामावली टुंग्याउने, निर्देशिका/कार्यविधिको तयारी, तालिम, निर्वाचन कार्यालय स्थापना गर्ने, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी परिचालन, मतगणना लगायतका शीर्षकमा रकम खर्च हुनेछन् ।

lekbesi
Simta

उक्त खर्चको लागि प्रारम्भिक अनुमानका आधारमा सरकार संग बजेट मागगरिएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए सुरक्षा निकाय तथा सरकारका अन्य संयन्त्रबाट हुने खर्च भने आयोगले माग गरेको बजेटभित्र पर्दैन ।

तीनै तहका लागि ३६ जिल्लाका १ सय ५४ वटा वडामा मतदान हुनेछन् । ती सबै स्थानका करिब ५ लाख मतदाताका लागि ५ सय ५० वटा मतदान केन्द्र रहने खरेलले बताए । जिल्ला,जिल्लामा निर्वाचन व्यवस्थापनका लागि ४६ वटा निर्वाचन अधिकृतको कार्यालय हुनेछन्  ।