रविलाई जस्तै लागेको अभियोगको घटनालाई लिएर जेल बस्न परेको तातो सम्झना यो हो ,,

भदौ ४ , काठमान्डौ – यो घटनामा संग पत्रकार रवि लामिछानेको घटनापनि मिल्न गयको देखिन्छ ।गत असार २ गते समता अस्पताल बौद्धमा कार्यरत एक महिला कर्मचारी अस्पतालभित्रै मृत भेटिइन् ।

रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङ अस्पतालभित्रै झुण्डिएको अवस्थामा फेला परिन् । रहस्यमाया मृतुपछी आफन्तले अस्पतालमा नारा जुलुस गरे , प्रहरीको अनुसन्धानबाट मृतकको गोजीमा अस्पतालका तीन कर्मचारीको नाम लेखेको कागज भेटियो ।

जुन कागजमा दुईजना कामदारको नाम र एक जना म्याम मात्रै लेखिएको थियो दुइजना कर्मचारीलाई प्रहरीले पक्राउ गर्यो तर म्याम भन्ने को रैछ भन्ने अनुसन्धानकर्तानै अलमल परे ।

अन्तत म्याम भनेको अस्पतालकै संचलाक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी भयको खुल्यो ।अन्ततः त्यहि सुसाइड नोटलाई आधार मानेर प्रहरीले कला अधिकारी, कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा चलायो ।

जिल्ला अदालतल काठमाडौंले अहिले तिनै जनालाई मुद्दाको पुर्पक्ष गर्दै थुनामा राख्ने आदेश दिएको छ । उनीहरु अहिले पनि कारागारमै छन् ।माथिको घटना र अहिलेको प्रसङ्ग पत्रकार शालिकराम पुडाशैनीको मृतुको प्रसङ्ग मिलेको देखिन्छ पुडाशैनिले मर्नु अघि यौटा भिडियो खिचेका छन् ।

जसमा मुख्य कारण न्युज २४ का संचालक पत्रकार रवी लामिछाने ,युवराज कंडेल ,अस्मिता कार्की रुकु को नाम ३, ४ उल्लेख भयको छ ।उनको भिडियोले पनि प्रस्ट संकेत गरेको छ ।

यी दुई घटनामा फरक यति मात्र छ ,अस्पताल संचालककि पत्नी कला अधिकारि सगायत तिन जना पक्राउ पर्दा सडकमा नारा जुलुस भयन ।तर रवि लामिछानेलाई भने रिहाई हुनपर्यो भन्दै अहिले सडक तातेको छ।

उनको रिहाईको लागि देशभर नारा घन्किने गरेका छन् ।बल्कि अझै सामाजिक संजालभरि रविलाई पार्टीका उच्चदलका नेता , प्रहरी संगठन , अदालतले फसाउन खोज्यो भन्दै गाली गलौज भयका छन्।

जसमा कति रवि समर्थ भन्ने हरु साईबरक्राईम अनुसार जेल परिसकेका छन् ।कथित ब्याक्ति हरु यसैबला बोल्यो भने भईरल भईन्छ भन्ने दाउमा पनि छन्। र जताभावी बोलेको देखिन्छ ।

मृतक पुडाशैनीले न्याय पाउनुपर्छ भन्ने कसैले आवाज उठाएनन आखिर किन। घटनाको प्रकृति हेर्दा विषय गम्भीर भयको भन्दै अदालतले रवि लामिछाने सहित ३ जनालाई थप ५ दिनको लागि हिरासतमा राखेको छ।

आत्महत्याका लागि दुरुत्साहन गर्नेलाई नयाँ फौजारी मुलुकी (संहिता) ऐनले गरेको कानुन यस्तो छ । जुन लागू भएको एक वर्ष मात्रै भएको छ । एक वर्ष अघिपनि आत्महत्या गर्नेहरुले सुसाइड नोट छोडेपनि कानुनी व्यवस्था नहुँदा कारवाहीको दायरामा आएका थिएनन् ।