suekhet
bheriad

केकी र नीता संग नाचे राजाराम पौडेल ,,

lekabesi

रंग दर्पण २२ फागुन – चलचित्र ‘ट्रक ड्राइभर, गुरुचेला’ लगायतमा पनि हाँस्य कलाकार राजाराम पौडेलले नायिकाहरुसँग नृत्य गरेका थिए । तर, त्यो समयमा उनी नायकको साथीको रुपमा मात्र नायिकासँग देखिन्थेँ । तर, यसपटक उनी केहि फरक अनुभव गर्दैछन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’का २ वटा गीतमा नै राजारामले नायिकाहरुसँग गज्जबले कम्मर मर्काएका छन् ।

नायिका केकी अधिकारीसँग ‘ठेकीमा दहि’ बोलको गीतमा र नायिका नीता ढुंगानासँग ‘पशुपति’ बोलको गीतमा उनले कम्मर मर्काए । राजाराम भन्छन्-‘मैले कोरियोग्राफर विक्रम स्वाँरले सिकाएको स्टेप केहि मात्र गरेँ । नत्र, आफ्नै स्टाइल झिकेँ । कोरियोग्राफरको स्टेप गर्न लागेको भए त एक महिना नै लाग्थ्यो मलाई ।’
उनले केकी अधिकारी र नीता ढुंगानालाई डान्समा अब्बल नायिकाको रुपमा हेरेका छन् । भन्छन्-‘दुबै नायिका आगो नाच्ने रहेछन् । काम गर्दा रमाइलो भयो । साथमा, आफू १६ बर्षको उमेरमै रहेको अनुभव पनि भयो ।’

कमेडी जनराको ‘हुर्रे’ले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने उनको भनाई छ । राजारामले भने-‘हुर्रे’ किन हेर्नुपर्छ भन्नु भनेको दालभात किन खाने भनेजस्तै हो । हेरुन्जेल रमाइलो हुन्छ, अरु केहि हुन्न ।’
चलचित्रमा मुख्य ५ कलाकार छन् । राजाराम पौडेल, केकी अधिकारी, विजय बराल, अंकित खड्का, अनुप विक्रम शाही । राजारामले अनुपको प्रशंसा गर्दै भने-‘उहाँ त पूर्ण रुपमा क्यारेक्टरमा डुबेर काम गर्ने कलाकार । आफ्नो क्यारेक्टरका लागि कपाल पनि खौरिनुभयो । नत्र अहिलेका नायकले कहाँ कपाल खौरिन मान्छन् त ?’

अब, नयाँ चलचित्रमा पनि नायिकासँग नाच्ने रहर त पलाएको छैन भन्ने प्रश्नमा हाँस्दै राजारामले भने-‘होइन त्यस्तो पनि । कलाकार भैसकेपछि सबै खालको भूमिका गर्नुपर्छ भन्ने मलाई लाग्छ । यहि, भूमिका मात्र गर्छु भन्यो भने त काम नै पाइदैन ।’

राजारामलाई यतिबेला भ्याइनभ्याई छ । उनले, चलचित्र ‘जय भोले’मा नायिका स्वस्तिमा खड्कासँग र चलचित्र ‘बाँध मायाले’मा नायिका श्रृष्टी श्रेष्ठसँग पनि नृत्य गरेका छन् । उनका अनुसार, अहिलेका सबै कलाकारमा व्यवसायिकता छ । तर, सबै नायिका नृत्यमा भने पोख्त छैनन् ।

यम थापाले निर्देशन गरेको चलचित्र ‘हुर्रे’बाट राजाराम आशावादी छन् । दर्शकले चलचित्र हेरुन्जेल रमाइलो गर्ने भएकाले पनि चलचित्र चल्नेमा उनी ढुक्क देखिए ।