रवि लामिछानेकी श्रीमती निकिताको उजुरी प्रहरीले लिनमानेन ,,
भदौ ४ ,काठमाडौं – पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौँले लिन अस्वीकार गरेको छ ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् ।
प्रहरीले क्षेत्राधिकार बाहिर भएको भन्दै उजुरी नलिएर फर्काएको छ । प्रहरीले जाहेरी लिन नमानेपछि निकिताले हुलाक मार्फत जाहेरी पठाउने जानकारी गरेकी छिन ।

पत्रकार रवि लामिछाने अहिले चितवनको हिरासतमा छन् उनलाई अर्का पत्रकार शालिकरामको पुडाशैनीको हत्यामा अभियुक्त भन्दै प्रहरीले चितवन हिरासतमा राखेको छ।
रवि संगै युवराज कंडेल र अस्मिता कर्किपानी हिरासतमा छन्। यी तीनजनाले पुडाशैनिलाई आत्महत्या हर्न बाध्य बनाएको कसुर छ संगै पुडाशैनिले आत्महत्या गरेको भिडियो पनि सार्वजानिक भयको छ ।