Simta
Gurvakot
Gurvakot

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा महिमा पुरुष मृत फेला ,,

भदौ ४ , काठमान्डौ – काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा मृत आवस्थामा भेटिएका हुन् ।

मंगलबार राती ११ बजे गेस्ट हाउस आएका उनीहरु बिहान अबेरसम्म ढोका नखोलेपछि गेस्ट हाउसले प्रहरी बोलाएको थियो । ढोका फोडेर हेर्दा युवक भुईँमा र युवती खाटमा मृत अवस्थामा फेला परेका हुन् ।

lekbesi

महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार दुवै मृतक कट्टु मात्रै लगाएको अवस्थामाभेटिएका थिए।

Simta

घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले बताए कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् ।

घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् ।अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ ।

परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । मृतक दुवै विवाहित हुन् महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुन आएको छ ।

यो संगै नयाँ बसपार्क होटेलमा मृतक हरु बढ्दै गरेको देखिन्छ ।केहि समय अगाडी पनि विदेशबाट आएका एक युवक होटेलमा मृत अवस्थामा फेला परेका थिय।