राजाको नाम लिएर कराउनेहरु हाउगुजी डाईनोसर हुन् सञ्चार मन्त्रि ,,
भदौ ५ , काठमान्डौ – पछिल्लो समयमा सामाजिक संजालमा चर्को आवाजमा राजा औ देश बचाउ , हाम्रो राजा प्राण भन्दा प्यारो छ ,जस्ता आवाज उठिरहेको छन्।
यस्तो विषयलाई लिएर सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पूर्वराजाका नाममा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले भने ।
राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुनेछन् । चिहानमा आरधना गरेर राजतन्त्र फर्किन सक्दैन ।‘अब मरेको राजतन्त्रले फँणा उठाउन सक्दैन तेसैले यस्ता गतिविधि नगर्न पनि बास्कोटाले आग्रह गरेका हुन्।
राजा आउने कुरा बढ्दो छ के हो भन्दै पत्रकारको प्रश्नमा उनले भने यो २०१७ साल होइन ? र सोच्न पनि नसोच्नु ,राजाको नाम लिएर हाउगुजी नदेखाउन , ‘कहाँबाट कोबाट ? लावण्य देशबाट आउन लागेको ? नेपालमा त छैन ।
आउँदो पुस्ताले इतिहास पढ्दा यस्तो थियो भनेर त्यो पढ्ने छ । बाइसे चौबिसे राज्यदेखि कहाँ कहाँ आइपुग्यो त्यो पढ्नेछ । उनले लोकतन्त्रको रक्षार्थ सबै लागनुपर्नेमा जोड दिए ।
‘लोकतन्त्र सबैको हो । लोकतन्त्र सरकारको ठेक्का हो ? एजेण्डा विकासका सन्दर्भमा हुन सक्छ । विकास र समृद्धिका लागि सबै लाग्नुपर्छ’ उनले भने । राजाको इतिहास दर्दनाक छ तेसो राजाको बारेमा सोच्नेहरू डाईनोसर हुन् बास्कोटाले भने।