,मारुनी, प्रचार प्रसारमा तिब्र आज चितवनमा ,,

चलचित्र मारुनीको निर्माणटिम प्रचार प्रसारलाई तिब्र रुपले लागेको छ। प्रचार प्रसारमा मारुनिकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्कापनि उपस्थिति थिय ।

मारुनीको टिम ४ गते ईटहरीमा भएको कन्सर्ट सकेर आज चितवनमा पुगेको छ ।ईटहरीमा भयको कन्सर्टमा हजारौ दर्शक संगै निर्मात्री पूनम गौतम ,निर्देशक नवल नेपाल पनि पुगेका हुन्।

कन्सर्टमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको दुई गीत ‘जाम्न माया जाम’ र ‘सक्दिन म बाँच्न’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिय ।

कन्सर्टमा कलाकारसँग सेल्फी लिने फ्यानहरुको घुइँच थियो । ईटहरीमा दर्शकले कलाकारलाई गरेको मायाले आफुहरु खुसि भयको निर्माण टिमले जानकारी गरेको हो ।

आजको चितवनमा पनि मारुनी निर्माण टिमले पत्रकार सम्मेलन गरि प्रचार प्रसारलाई तिब्र बनायको हो ।भोलि यो टिम पोखरा र पर्सि ७ गते बुटवलमा हुने छ। चलचित्र मारुनी भदौ १३ गतेबाट प्रदर्शन हुने छ।