suekhet
bheriad

विमानस्थलमा सुनदेखि कोकिन सम्मको पैठारी ,,

lekabesi

भदौ ५ , काठमान्डौ – काठमान्डौको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल निकैनै बद्नाम देखिएको छ ।

कहिने सुनकाण्ड , कहिले गाँजा चरस , कशिले विदेसीबाट आउने नेपालीले समान ल्यान नपाउने जसका समान चोरीहुने , भर्खर मात्र पुर्वयुराजले प्रहरी निरिक्षक कुट्ने ।संगै आज विदेशी नागरिक मार्सेल गुही एक केजी ६ सय ग्राम कोकिनसहित पक्राउ परे ।

,कतार एयरवेजको उडानबाट दोहा जान लागेको आईभेरिकोस्टका नागरिक मार्सेल गुहीलाई कोकिन सहित नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो ।

निलो रंगको सटुकेशमा फल्स बटम बनाएर तल माथि प्लाईउड राखेर बीचमा उनले कागजको पातामा कोकिन बेरेर लैजान खोजेका थिए । मार्सेल नाईजेरियाको लागोस हुँदै कतारको दोहा भएर काठमाडौं आएको उनको पासपोर्टबाट खुलेको छ ।

प्रहरीले उनको विगतको यात्रा हेर्दा उनको सम्बन्ध लागू औषधको अन्तर्राष्ट्रिय कारोबारीसँग हुनसक्ने आशंका गरेको छ ।

ब्युरोले उनले कोकिन कहाँबाट किने र नेपालका उनी को,को सँग सर्म्पकमा थिए भन्नेबारे अनुसन्धान अगाडी बढाएको छ ।

नेपालका विभिन्न नाकाबाट पनि यस्ता कार्य दिनहु बढिरहेको देखिन्छ त्रिभुवन विमानस्थल लागुऔसध करोबारोको थलो बनेको जस्तो देखिन्छ।