ओली र मेरो भना भन तेती ठुलो होइन ,,
भदौ ६ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भना भनको विषयले संचारमा चर्चा पाएको छ।
तर नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् ।
सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरे ।
विषयवस्तुको बुझाईमा एकरुपता ल्याउन र एजेण्डा स्थापित गर्न पार्टीभित्र केहि वादविवाद भैरहनछन ।तेसैले यो विषयलाई श्रीमानश्रीमतीको घर झगडाको रुपमा बुझ्नुहोला उनले भने ।
साथै राजनीतिमा समस्यासंगपनि जुध्न र सामना गर्नपनि आग्रह गरे नेताहरुमा भनाभन भयो भनेर पुर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो यो बाट अत्तिनु केही पनि पर्दैन ।
यो घरको कुरा हो र जीवनको यथार्थ हो यसरीनै बुज्न पनि नेपालले आग्रह गरे समस्या आउछन , आएका समस्यालाई पनि समाधान गर्ने क्षमता हुनुपर्छ यदि त्यो आँट आफुमा नभय केहि कामगर्न नासिकेने पनि नेपालले बताए ।
फूलको आँखामा फुलै संसार, काँडाको आँखैमा काडा संसार ’भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोणको आधारमा समस्या सामान्य र असामान्य हुने उनले बताए ।