suekhet
bheriad

काठमाडौंमा गौरा पर्व धुमधामले मनाईयो ,,

lekabesi

भदौ ६ , काठमान्डौ – आज काठमान्डौमा गौरा पर्व धुमधामले मनाईएको छ ।,शुक्रबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।

गौरा पर्व विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने गरिन्छ गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ।

 

गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ। गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास छ । गौरामा पर्वमा महिलाहरूले मागल गाउने गर्छन्।