पार्टी भित्र अनुसाशन भएन मनमानी बोल्न थालियो प्रचण्ड ,,

भदौ ६ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु अनुशासनमा नरहेको टिप्पणी गरेका छन् ।

पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको प्रचण्डको भनाइ छ । शुक्रबार राजधानीको एक कार्यक्रममा बोल्दै प्रचण्डले भने जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको छ ।

हिजोको दिनमा अनुशासन थियो र याँहा सम्म आईपुगेका हौ तर आजभोली भने अनुशासनमा नरहेर मनमानी ढंगले बोल्न थालिएको छ उनले भने बिहीबार प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकमा केपी ओली र माधव कुमार नेपालबीच भनाभन भएको थियो । वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दा ओलीले तपाईको शुभकामना चाहिँदैन भनेपछि दुई नेतावीच भनाभन भएको थियो ।

अहिले यो कुराले जताततै आलोचना चलेको छ माधव कुमार नेपालले भने ओली र मेरो झगडा भनको श्रीमान् श्रेमतिको जस्तै हो ठुलो नासंझिनु होला भनेका छन् नेकपा अध्यक्ष प्रचण्डले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको बताए ।

यसले पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनतालेे नै लखेट्ने जस्तो अवस्था आउन सक्ने उनले बताए ।सोभियत संघ लगायतमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाहरुले कम्युजिस्टहरुसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाई उल्टाइदिने क्षमता राख्ने सुनाए ।

उनले अघि भने, ‘पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा महाराजा जस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।

यो हामि कँहापनि देखिन थालेको छ कतै जनताले हामीलाई पनि यस्तै पर्न सक्छन विचार पुर्युना पर्ने छ उनले भने अब देखि यस्ता परिघटना दोहोरिन नदिने र निरन्तर जनतामा जाने बैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृति उपाय के हुन्छन् भनेर आफूहरु बहसमा रहेको पनि प्रचण्डले बताए ।