अब सिक्षक बन्न धेरै गारो सिक्षक सेवाले ल्यायो यस्तो कडा नियम ,,

भदौ ६ , काठमान्डौ – अब देखि स्थायी क्षिक्षक हुनलाई प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ । ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने छन् ।
यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो । शिक्षक सेवा आयोग नियमावली (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित र २५ पूर्णांकको अन्तवार्ता परीक्षा हुने प्रस्ताव गरिएको छ ।
यसअघि शिक्षकहरुको एक सय पूर्णांकको लिखित र २५ पूर्णांकको मौखिक परीक्षा हुन्थ्यो । सामान्य प्रारम्भिक परिक्षामा वस्तुगत प्रश्न हुनेछन भने एकसय पूर्णांकको सामान्य परीक्षा मेसिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ ।
एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक माइनस हुने छ ।सामान्य परीक्षामा कम्तिमा ५० अंक ल्याएर पास भएकाहरु मात्र दोस्रो चरणको लिखित परीक्षा (विषगत)मा सहभागी हुन पाउने छन् ।
वस्तुगतपछि एक सय पूर्णांककै विषयगत परीक्षा हुने छ । वस्तुगत परीक्षामा पास भएकाहरुको ५० प्रतिशत अंकमात्र विषयगत परीक्षाको प्राप्तांकमा जोडिने छ ।एसरि २०० सय पूर्णांकको लिखित परीक्षामा धेरै अंक ल्याउने प्रतिस्पर्धीहरु अन्तिम चरणको परीक्षा अर्थात् अन्तरवार्तामा सहभागी हुनेछन् ।
अन्तर्वार्तामा पाएको नम्बरसमेत जोड्दा जसले धेरै अंक ल्याउँछ उही नियुक्तिको लागि सिफारिस हुने छ । यो प्रक्रियाले परीक्षार्थीहरु छानिन्छन् ,शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार यो प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको छ ।
‘हामीले त पठायौं, उताबाट पास भएर आउन बाँकी छ उनले भने । परीक्षार्थीको संख्या अत्यधिक हुँदा व्यवस्थित तरीकाले परीक्षा सञ्चालन गर्न कठिनाइ हुने भएकाले लोक सेवा आयोगको जस्तै प्रारम्भिक परीक्षामा पास भएकाहरुलाई मात्र अर्को चरणको परीक्षामा सहभागी हुने नियम बनाइएको उनले बताए । जसमा समय आर्थिकपनि कमहुने उनि बताउछन ,।
