रवि लामिछानेविरुद्ध आज अभियोगपत्र दायर हुँदै ,,

भदौ ८,काठमान्डौ – पत्रकार शालिकराम पुडाशैनीको मृतु प्रकरणमा मुछियका रविलामिछाने विरुद्द आज सरकारी ओकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ । सरकारी ओकिलले मिछानेविरुद्द अभियोग पत्र दायर गरेपछि भोलिदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ ।

यदि भोलि बहस नसकीय पर्सि पनि बहस हुने छ बहस सकियपछि मात्र रवि लामिछाने रिहा हुने वा नहुने भन्ने भन्ने टुंगो लाग्ने छ ।लामिछाने विरुद्दभने अब प्रहरीले थप म्याद नथप्ने जानकारी गरेको छ।

lekbesi

अब भने सरकारी वकिलले उनीविरुद्ध अभियोग पत्र दायर गर्न लागेको जनाइएको छ । पत्रकार शालिकराम पुडाशैनीको मृतु प्रकरणमा रवि लामिछाने ,युवराज कंडेल ,अस्मिता कार्की रुकुलाई चितवन प्रहरीले हिरासतमा राखेको छ ।

गत साउन २० गते नारायणगढस्थित कंगारु होटलमा मृत अवस्थामा फेला परेका संचारकर्मी सालिकराम पुडाशैनीको मोबाईलमा उनि आफैले बोलेको भिडियो फेला परेको थियो ।

जसमा उनलाई रवि लामिछाने सहित युराज कंडेल ,अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य बनाईएको खुलाईएको छ ।