Simta
Gurvakot
Gurvakot

रवि लामिछानेसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता,चितवन जिल्ला अद्लातमा १ न ईजलासमा ,,

भदौ ८ , काठमान्डौ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो ।

lekbesi

अहिले जिल्ला अदालत चितवनको एक नम्बर इजलाशमा उनीहरुकाे बयान सुरु भएको छ ।अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उनले बताए ।

न्यायाधीश हेमन्त रावलको इजालशमा बयान चल्दै गर्दा बाहिर समर्थकको भीडभाड रहेको छ । चर्को स्वरमा रवि लामिछानेलाई रिहाई गर भन्दै नाराबाजी गरिएको छ भर्खरै बयान सुरू भएको छ ।

Simta

पहिले कसको लिने भन्ने टुंगो लागिसकेको छैन’, अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले बताए । प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो ।

अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताए ।एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,।

“भिडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ । घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।

सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेसँगै अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा आदेश आउने छ ।आत्महत्या दुरुत्साहन गर्न बाध्य बनाउनेलाई मुलुकी संहितामा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने वेवस्था छ।