Simta
Gurvakot
Gurvakot

शालिकरामको भिडियो काटकुट नभएको ल्याबको रिपोर्ट ,

भदौ ८ , काठमान्डौ – पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा बरामद भएको भिडियो क्लिप कुनै पनि काटकुट ईडिट नभयको प्रहरी प्रयोगशालाले रिपोर्ट दिएको खुलेको छ ।

भिडियो बरामद भएपछि सामाजिक संजाल देखि विभिन्न खाले टिप्पणी भएका थिए जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि जिल्ला प्रहरी कार्यालय, चितवनले प्रयोगशालाको रिपोर्टबारे औपचारिक रुपमा बोल्दै भिडियो ईडिट नभई सत्य भयको बोलेको हो ।

‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ/छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ,।

lekbesi

हामीले त्यहीअनुसार अनुसन्धान प्रतिवेदन बुझाएका छौं ।’केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले बताए ।

उनले पुडासैनीका साथबाट बरामद मोबाइल परीक्षणका क्रममा केही शंकास्पद सबूत फेला परेको र आत्महत्यामा कुनै दुरुत्साहन छ कि भन्ने देखिएकाले अनुसन्धान गरिएको बताए ।

मोबाइलबाट पुडासैनीको भिडियो वयानसहित अन्य के–के प्रमाणहरु बरामद भएका थिए भन्ने विषयमा चाहिँ रेग्मी खुलेनन् ।भिडियो कसरि आउट भयो भन्ने विषयमा भने उनले केहि बताउन चाहेनन् ।

Simta

यो प्रशासनिक कुरा हो, छानविन हुन सक्छ’, उनी भन्छन्, ‘हामी घटनाको गाम्भीयर्ता र प्रहरी महानिरीक्षकज्यूको निर्देशनअनुसार चितवन गएका थियौं, ।सुरुमा हाम्रो अनुसन्धान पुडासैनीको आत्महत्या हो कि कर्तव्य ज्यान भन्ने विषयमा केन्द्रित थियो ।

आरोपित र मृतकको डिजिटल कनेक्सन कसरि भयो भन्ने विषयमा तिब्र खिजी समेत गरेको थियो ।मृतक पुडाशैनी र आरोपित रवि लामिछाने , युवराज कंडेल , अस्मिता कार्कीको डिजिटल कनेक्सन कसरि भयो भन्ने बारे खोतालेपछी उनीहरु पक्राउ परेको ब्युरोका अधिकृत बताउछन ।

ब्युरोको टोलीले लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन, घटना भएको समयको डिजिटल उपस्थिति लगायतका विषयमा विस्तृत विवरण केलाएको थियो ।

त्यसक्रममा लामिछानेको भनाइसँग रुकुको बयान भने मेल नखाएको अनुसन्धान अधिकृत बताउँछन् ।रविले अस्मितालाई नचिनेको भन्दै बयान दिएपनि अमिताले भने चिनजान भयको बयान दिएकि थिईन ।

लामिछानेजीलाई अप्ठ्यारो पर्ने खालका अन्य विषय पनि आएका छन्’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन् ।यति मात्र होइन, पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत् संस्था न्यूज २४ टेलिभिजनबाट पनि अस्मितालाई पटक,पटक सम्पर्क गरेको देखिएको जनाइएको छ ।

यो प्रकरणमा देशभर रवि समर्थकले नाराबाजी गरेका थिए जसले गर्दा अनुअन्धन्मा बाधा पुर्याएको ति अधिकृत बताउछन भीडबाट न्याय खोज्ने प्रयास कहिले नगरौ न्यायलयबाट न्याय खोज्ने गर्नुपर्छ एसपी रेग्मी भन्छन।