सामाजिक संजालमा गालि गलैज गर्नेलाई धमा धाम प्रहरीले पक्राउ गर्दै ,,

भदौ ८ , काठमान्डौ – सामाजिक संजालमा गालि गलैज गर्नेलाई प्रहरीले खोजि खोजि पक्राउ गर्न थालेको छ। विगत केहिदिन देखि सामाजिक संजालमा विभिन्न पार्टीका नेता कार्यकर्तालाई र ब्याक्तिलाई गालि गलैज गर्ने गरेको सामाजिक संजालमा प्रसस्त देख्न सकिन्छ।

पत्रकार रवि लामिछानेको गिरफ्तार पछि सामाजिक संजालमा नेता कार्यकर्ता प्रहरी अधिकृतलाई गालि गलैज गरेपछि प्रहरीले तेस्ता ब्याक्तिमा एकसन् लिएको छ ।

रवि लामिछानेको विषयलाई लियर कसैको चरित्र हत्या गर्नेगरी बनाईएका भिडियोलाई समेत प्रहरीले खोजितालास गरेको छ ।तेस्ता युटुबरलाई प्रहरीले कारबाही गर्ने जानाकरी गरेको छ।

रवि लामिछाने समर्थक भन्दै अत्यधिकले फेक आईडि बनाउने र गालि गर्ने गरेको सामाजिक संजाल भरि देखिन्छ समर्थक भन्दै एसपी दान बहादुर मल्ला, प्रचण्ड , प्रधानमन्त्री केपी ओली , शेर बहादुर ओलीलाई गालि गर्ने र खुकुरी देखाउने ब्याक्तिलाई पक्राउ गरे संगै प्रहरीले फेरी अर्का ब्याक्तिलाई पक्ताउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गाली गलौज गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिम्रनगढ घर भइ श्री कंकाली अटो ट्रेडर्सका सञ्चालक शन्नि कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

ति व्यक्तिले वीरगन्जमा कपडा बैंक खोल्नका लागि सीडीओले असहयोग गरेको भन्ने आशयको स्टाटस मिम वीरगन्जले लेखेपछि त्यसमा सीडीओलाई लक्षित गर्दै कमेन्ट गरेका थिए ।

उनले ‘सेवा गर्नको लाइसेन्स चाहिने त्यो सीडीओलाई थप्पड हान्नु भएन…..?’ भन्दै सामाजिक सञ्जालमा नराम्रो कमेन्ट गरेका थिए ।

पक्राउ परेका सबैलाई प्रहरीले विधुतिय कारोबारोको कारबाही अगाडी बढाउने जानकारी गरेको छ ।साथै कोहि कसैले सामाजिक संजालमा नाराम्रा गालि गलैज नगर्न समेत आग्रह गरेको छ। अन्यथा तेस्को भागेदारी हुने समेत अनुरोध गरेको छ ।