चितवनमा रवि समर्थकलाई प्रहरीले गर्यो लाठि चार्ज र अश्रुग्यास प्रहार ,,

भदौ ८ , चितवन – चितवनमा रवि लामिछाने समर्थकले प्रहरीमाथि बोतल प्रहर गरेपछि प्रहरीले लाठि चार्ज संगै अश्रुग्यास प्रहार गरेको छ।

नुवाकोटका पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा नई २४ का पत्रकार रवि लामिछाने सहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

रवि लामिछाने सहित तिनजनालाई आज अदालतले बयान लिने काम गरेको थियो । पक्राउ परेकी अस्मिता कार्की रुकुको बयान अद्लातले लिएपनि रवि र युराज कंडेलको बयान अदालतले भोलि लिने छ ।

समय अभावका कारण आज उनीहरुको बयान लिन नसकेपछि पुन उनीहरुलाई हिरासतमा लिदै गर्दा उनका समर्थकले प्रहरीमाथि नाराबाजी संगै बोतल प्रहार गरेका थिय।

रवि सहित तिनजना विरुद्द आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता,चितवन जिल्ला अद्लातमा १ न ईजलासमा छ ।