Gold

प्रचण्डको अध्यक्षतामा पहिलोपटक सचिवालय बैठक बस्दै ,,

Naumule Migrate

भदौ ८ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पुर्व प्रधानमन्त्री प्रचण्डले सचिवालय बैठक बोलाएका छन् ।

पार्टी एकीकरणको १५ महिना पछि कार्यकारी अधिकार पाएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन् ।

प्रचण्डले भोलि दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली हाल सिंगापुरमा छन्।

ओली सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो ।भोली बस्ने बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने भएको छ ।

आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता पनि भएको छ । भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेर अगाडि बढ्न सुझाएकी छन् ।

वालुवाटारमा बस्दै आयको सचिवालय बैठक भने पहिलोपटक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भयको छ।

 

Naumule Badhipahiro