नेकपामा कार्य विभाजन समितिमा चार जना थपिए ,,

भदौ ९ , काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्य्क्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थपेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको महासचिव विष्णु पौडेलले बताए ।

पार्टीले तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

यसरी मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् ।योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ ।

पार्टी विधानमा रहेको केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।