रवि लामिछानेले पुडाशैनिको मृत्युबारे कार्यक्रम चलाउन नपाउने,अदालातको अनुमति विना विदेश जान नपाउने ,,

Naumule

भदौ ९ ,चितवन – शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कार्यक्रम चलाउन नपाउने भएका छन् ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ भने अस्मिता कार्कीलाई सामान्य तारिखमा रिहा गरिएको छ ।

रिहा भयपनी उनीहरुको मुद्दा विचाराधीनमा रहेको र अदालतको अनुमतिविना लामिछाने विदेश नजान पाउने भयका छन् साथै शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको म्रुतुप्रकरणलाई आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् ।

दोषी वा निर्दोषको फैसला हुन समय लाग्ने भएको छ ।त्यस्तै लामिछानेले सार्वजनिक कार्यक्रमसमेत गर्न नपाउने भएका छन् ।

Gurvakot

अदालतको अनुमतिमा लामिछानेले यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र  यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ ।

न्युज २४ का पुर्व पत्रकार शालिकराम पुदाशैनि २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।

Bangad kupinde