रवि लामिछानेको सम्पत्ति छानबिनमा बढ्यो प्रहरी ,
भदौ ९ , काठमान्डौ – प्रहरीले पत्रकार रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ ।
अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।
जसको लागि नेपाल रास्ट्रबैक समेतलाई पत्राचार गरिएको छ शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका रवि लामिछाने आज ५ लाख धरौटिमा रिहा भयका छन्।

भने उनका सहकर्मी युराज कंडेल ३ लाख धरौटी र समिता कार्की रुकु साधारण तारेखमा रिहा भयका हुन् ।यी तीनजनाको मुद्दालाई विचाराधीनमा राख्दै अदालतको अनुमतिमा मात्र रविले विदेश जान पाउने आदेश छ ।
साथै उनले शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहन मुद्दाबारे आफ्नो टेलिभिजन कार्यक्रम चलाउने पाउने छैनन् भने सार्वजानिक स्थानमा कार्यक्रम गर्न पाउने छैनन् ।
न्युज २४ का पुर्व पत्रकार शालिकराम पुदाशैनि २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो भेटिएछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा चलाइएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुनसक्ने वेवास्ता छ ।