चलचित्र छ माया छपक्कै’को फस्टलुक रिलिज ,,

चलचित्र छपक्कै’को फस्टलुक रिलिज सार्वजानिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य चार कलाकारलाई स्थान दिइएको छ ।

कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । कलाकारत्रय दीपकराज, केदार र जितु केकीको सुन्दरतामा टोलाएको देख्न सकिन्छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ ।

चलचित्रलाई दीपकराज गिरीले लेखेका हुन् दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता छ । चलचित्र दशैंमा रिलिज हुने भनिएपनि पोस्टरमा मिति भने तोकीएको छैन ।