शिक्षक सेवा आयोगको प्राथमिक तहको नतिजा यसै साता ,,

Naumule

भदौ १० ,काठमाडौं – शिक्षक सेवा आयोगले यसै हप्तादेखि प्राथमिक तहको खुलातर्फको अन्तिम नतिजा प्रकाशन गर्ने बताएको छ ।

विभिन्न जिल्लामा अन्तर्वार्ता भयका फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ ।

अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट्रीको काम सकिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।

‘इन्ट्रीको काम सकेर रुजुको काम शुरु भएको छ । सायद रुजुको काम यसै हप्ता सिद्धिन्छ । अनि नतिजा प्रकाशन गर्न शुरु गर्छौं’– डा. थपलियाले भने,।

Gurvakot

आयोगले ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो ।

आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

 

Bangad kupinde