प्रधानमन्त्रिले सिंगापुरबाट बसालेको कन्फ्रेन्स बैठकबारे कांग्रेसको आपति,

Naumule

भदौ १० , काठमान्डौ – प्रधानमन्त्री ओलीको अध्यक्षतामा सिंगापुरबाट बसेको कन्फ्रेन्स मन्त्रिपरिषदको बैठकबारे कांग्रेसले विवाद बानाएको छ ।

कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्यविधि शासनवि परीत भएको जनाउँदै कांग्रेसले आपत्ति प्रकट गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यविधि फिर्ता लिन सरकारसँग आग्रह गरे।

“उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ”, उनले भने, ।

Gurvakot

“प्रधानमन्त्री स्वदेशमा नभए पनि उनकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन,? भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, गोपनियता नरहने र लिएको शपथविपरीत हुन जान्छ।

प्रधानमन्त्री बाहिर जाँदा उनको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यवहाक तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गरे।

बैठकमा प्रमुख सचेतक खाँणले कांग्रेसकोतर्फबाट स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य लाभको कामना गरे।

ओली स्वस्थउपचारको लागि सिंगापुरमा छन् प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेको बेला प्रविधिको उपयोग गर्दै पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो ।

नेपालको लागि यो नँया प्रयोग भएको मन्त्रीहरुले बताएका छन् ।नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो ।

 

Bangad kupinde