सर्पको टोकाईबाट सात वर्षिय छात्राको मृत्यु ,,

भदौ १० नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गापालिका वडा नं.-६ गुठीपरसौनीमा सर्पको टोकाईबाट एक छात्राको मृत्यु भएको छ ।

वडा नं.-६ को कठहवा स्थित एपेक्स इंगलिश बोर्डिगं स्कुलमा कक्षा यूकेजीमा अध्यनरत महराजगंज जिल्ला बहुआर (भारत) को ७ बर्षिय रितिका यादवको ज्यान गएको हो ।

विद्यालयमा दिउंसो करिब २ बजे सर्पले टोके पछि उपचारका लागि भारतको निचलौल समुदायिक अस्पताल लैजाने क्रममा ज्यान गएको परिवारिक स्रोतले जनाएको छ ।

lekbesi

विद्यालय प्रशासनले सर्पले नटोकेको र मुसाले टोकेको घटना बताईरहेको गुठीपरसौनी चौकीले जनाएको छ ।

मुसाले टोकेर मृत्यु भएको घटना प्रहरीले जानकारी पाएपछि विद्यालयको प्रधानाध्यापकको रोहबरमा मुसाको खोजी गर्दा मुसा नभेटिएको गूठी प्रसौनी प्रहरीले जनाएको ।

अंगद यादव /नवलपरासी पश्चिम..