Simta
Gurvakot
Gurvakot

तिब्बतीलाई नागरिकता बाँड्ने पाँच कर्मचारी फरार ,,

भदौ ११ , पोखरा – तिब्बतीलाई नेपाली नागरिकता दिने ५ कर्मचारी फरार भएका छन् । फरार हुनेमा कास्की जिल्ला प्रशासनका ४ र एकजना पोखरा,१८ वडा कार्यालयका कर्मचारी छन् ।

प्रशासनले उनिहरुविरुद्दा छानबिन गरि विभागीय कारबाहीको सिफारिस अगाडी बढाएको थियो ५ जना विरुद्द कास्की जिल्लाले पक्राउ पुर्जी जारिगरेपछि उनीहरु फरार भएका हुन्।

फरार हुनेमा जिल्ला प्रशासनका अधिकृत ऋषिराम आचार्य, नासु डाँसीराम लामिछाने, खरिदारद्वय परशुराम पौडेल, रामचन्द्र थापा र वडाका विष्णुप्रसाद पौडेल छन् ।

lekbesi

आचार्य भदौ १५, पौडेल १२ र थापा ६ गते कार्यालयमा उपस्थित हुने गरी बिदा बसेका हुन् । तर, थापा मंगलबारसम्म कार्यालय आएका छैनन् । लामिछाने लमजुङ सरुवा भइसकेका छन् ।

साउन ३१ मा पक्राउ परेका पोखरा–१८ का वडाध्यक्ष कर्णबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र कर्मचारी राजेन्द्र पौडेल भने गत बुधबार छुटेका छन् । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना यसअघि नै पक्राउ परेका छन्।

Simta

छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर, तासी आङ्मो थापामगर र साक्षी ज्ञानबहादुर थापा क्षत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका हुन् ।

लेखबहादुरलेले तिब्बती शरणार्थीसँग बिहे गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी प्रशासनबाट नागरिकता दिलाएका थिए । सरु रतासीले गत वर्षको जेठ २६ र असार ६ मा नागरिकता लिएका हुन् ।

सरुको उमेर २७ र तासीको २६ वर्ष छ । उनीहरू ७ महिनाले मात्र फरक देखिएका छन् ।बिदा मिलाएर मोबाइल ‘स्वीच अफ’ गरी बसेका उनीहरूको खोजी भइरहेको डीएसपी राजकुमार केसीले बताए ।

के हुन्छ कानुनमा झुटो विवरण दिएर नागरिकता दिदा नागरिकता ऐन, ०६३ अनुसार कुनै विदेशीले झूटो विवरण दिएर नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।