suekhet
bheriad

आज राति २:३० बजेबाट नेपाल जापान सिधा उडान गर्न सकिने ,,

lekabesi

भदौ ११ , काठमान्डौ – नेपाल एयरलाइन्सले आज देखि नेपाल जापानका लागि सिधा उडान थाल्दैछ ।नेपाल एयरलाइन्स नेपालको त्रिभुवन विमानस्थलबाट ६ घन्टामा जापानको ओशाकामा अवतरण गर्ने छ ।

पहिलोदिन्मा आज राति २ः३० बजे त्रिभुवन विमानस्थलबाट जापानका लागि ९० जनाले यात्रा गर्ने भयको निगमका उपमहाप्रबन्धक गणेशबहादुर चन्दले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने उपमहाप्रबन्धक चन्दले जानकारी दिए । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।

साथै २५ जना नेपालीको टोलिपनि रहने छ ।टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् ।

पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ । नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजले यो रुटमा उडान गर्नेछ ।

वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ, जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ । यसअघि सिधा उडान भएको थिएन ।

नेपाल एयरलाइन्सले भने ओशाकाको लागि यो पहिलो उडान हो यो भन्दा पहिले काठमाडौंबाट चीनको सांघाईमा ट्रान्जिट उडान गरी जापान जाने गरेको थियो । ३० अक्टोवर १९९४ मा नेपाल एयरलाइन्सले जापानमा पहिलो उडान गरेको थियो ।

जापानको ओशाकामा नेपाल एयरलाइन्सले १२ अप्रिल २००७ सम्म जहाज उडाएको थियो । शुरुमा नेपाल एयरलाइन्सले ‘काठमाडौं–सांघाई–ओशाका’ रुट उडान थाल्दा सांघाईमा ट्रान्जिट गरी जापान जाने यात्रु दुई जना मात्र रहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

नेपाल एयरलाइन्सले अब सातामा मंगलबार, बिहीबार र शनिबार गरी तीन उडान भर्नेछ । सातामा तिन उडान गर्न २५ पाईलट हुने र जसमध्य १५ विदेशी पाईलट हुने निगमले बताएको छ।विमानले जनौरीबाट भने नेपालबात टोकियो सिधै उडान गर्ने छ ।